Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
18.1 C
Kathmandu

ज्ञानबाटिका इन्स्टिच्युटमा नर्सिङ नयाँ वर्षका विद्यार्थीहरूको स्वागत कार्यक्रम सम्पन्न

spot_img

वीरगंज,१५ माघ । ज्ञानबाटिका इन्स्टिच्युट अफ टेक्निकल एण्ड मेडिकल साइन्स प्रा.लि., परवानीपुर–०५, बारामा नर्सिङ प्रथम वर्षका विद्यार्थीहरूको स्वागत कार्यक्रम बिहीबार भव्य रूपमा सम्पन्न भएको छ । एल.एस. न्युरो एण्ड जनरल हस्पिटल परिसरमा आयोजित कार्यक्रमको उद्घाटन परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कुर्मीले छोटो समयमा नै ज्ञानबाटिका इन्स्टिच्युटले उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले जीवन शिक्षासँगै स्वास्थ्य शिक्षा अझ महत्वपूर्ण भएको उल्लेख गर्दै गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा कलेजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । प्रमुख अतिथिका रूपमा उहाँले स्तरीय शिक्षाका लागि कलेजले गरेको प्रयास सराहनीय रहेको बताउनुभयो।

ज्ञानबाटिका इन्स्टिच्युटकी उप–प्राचार्य प्रियंका रोयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परवानीपुर गाउँपालिकाकी उप–प्रमुख सुगान्धी देवी, एल.एस. न्युरो एण्ड जनरल हस्पिटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक राम प्रवेश प्रसाद कुर्मी, अस्पताल सञ्चालक सबित्रा भण्डारी, होस्पिटल निर्देशक डा. अर्जुन पटेल, ज्ञानबाटिका इन्स्टिच्युटका एकेडेमिक निर्देशक इन्जिनियर अभय पटेल, वीरगंज नर्सिङ क्याम्पसकी नर्सिङ प्रमुख डा. कल्पना पौडेल, इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख टुपेन्द्र श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा नर्सिङ प्रथम वर्षका विद्यार्थीहरूको परिचय गराउँदै उनीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरिएको थियो। वक्ताहरूले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा नर्सिङ पेशाको महत्व उल्लेख गर्दै अनुशासन, मेहनत र सेवाभावलाई आत्मसात् गर्न विद्यार्थीहरूलाई आग्रह गरेका थिए।

सांस्कृतिक कार्यक्रमअन्तर्गत स्वागत नृत्यमा कशिश ठण्डार, चन्दनी बैठा र करुणा खत्रीले मनमोहक प्रस्तुति दिएका थिए। कार्यक्रमको सञ्चालन अनुजा कार्की र नजरुल अन्सारीले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once