Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
18.1 C
Kathmandu

पर्सा–२ मा रास्वपा उम्मेदवार सुशील कानुको घरदैलो अभियान

spot_img

वीरगंज,१५ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बहुदरमाई नगरपालिका–२ स्थित बैरिया बिर्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले बिहीबार बिहान स्थानीय जनता, समाजसेवी, भद्रभलाद्मी तथा बुद्धिजीवीहरूसँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका छन्।

घरदैलो तथा अन्तरक्रिया कार्यक्रमका क्रममा उम्मेदवार कानुले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ छापमा मतदान गर्न स्थानीयवासीहरूलाई आग्रह गरे।

उनले विगत तीन दशकदेखि व्यक्ति–केन्द्रित राजनीतिका कारण देश पछाडि परेको उल्लेख गर्दै अब त्यस प्रवृत्तिको अन्त्य गरी जनताको प्रत्यक्ष सहभागितामूलक शासन व्यवस्था स्थापना गर्न परिवर्तन अपरिहार्य भइसकेको बताए।

कानुले देशको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थालाई सुधार गर्दै नयाँ नेपालको बलियो आधार निर्माण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तुत गरेको स्पष्ट र व्यावहारिक रोडम्याप नै उपयुक्त विकल्प भएको दाबी गरे। पुराना दल र नेताहरूका खोक्रा आश्वासनका कारण जनतामा निराशा बढेको उल्लेख गर्दै उनले परिणाममुखी र जवाफदेही राजनीतिको आवश्यकता औँल्याए।

छलफलका क्रममा स्थानीयवासीहरूले पनि वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै पुरानै अनुहार र दोहोरिएका वाचा–प्रतिवाचाबाट आजित भएको बताए। उनीहरूले देशमा वास्तविक परिवर्तनका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखे।

विशेषगरी युवाहरू तथा जेन–जी पुस्ताले आफ्ना अपेक्षाअनुसार काम गर्न सक्ने राजनीतिक शक्तिको खोजी गरिरहेको उल्लेख गर्दै कानुले रास्वपाप्रति विश्वास र समर्थन बढ्दै गएको बताए। स्थानीय युवाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्ने प्रतिबद्धता जनाउनु उत्साहजनक रहेको उनको प्रतिक्रिया थियो।

घरदैलो तथा प्रत्यक्ष संवादमार्फत जनताको आवाज सुन्ने र उनीहरूको समस्या राष्ट्रिय संसद्सम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै कानुले आगामी दिनमा चुनावी अभियानलाई अझ तीव्र बनाइने जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once