Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
19.1 C
Kathmandu

विन्दवासनीमा रास्वपा उम्मेदवार कानुकाे घरदैलो, मतदातासँग प्रत्यक्ष भेटघाट

spot_img

वीरगंज,१४ माघ । पर्सा क्षेत्र नं. २ अन्तर्गत पर्ने विन्दवसनी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल साह कानुको घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरू तथा स्थानीय जनसमुदायको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमले क्षेत्रीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको पार्टीले जनाएको छ।

स्थानीय तहमा पार्टी संगठन विस्तार तथा जनसम्पर्क सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। “अबको परिवर्तन युवाको नेतृत्व” भन्ने नारासहित सम्पन्न कार्यक्रममा युवाहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।

कार्यक्रमका क्रममा पार्टी प्रतिनिधिहरूले विन्दवसनी क्षेत्रका विभिन्न टोल तथा बस्तीमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरेका थिए। भेटघाटका क्रममा स्थानीयहरूले विकाससम्बन्धी चुनौती, रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधारका विषयमा आफ्ना समस्या र सुझाव खुलस्त रूपमा राखेका थिए । पार्टी प्रतिनिधिहरूले ती गुनासा र सुझावहरूलाई गम्भीरतापूर्वक सुन्दै आगामी दिनमा नीतिगत तथा कार्यक्रमगत रूपमा सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

यस अवसरमा रास्वपाले आफ्नो नीति, सिद्धान्त तथा भावी योजनाबारे स्थानीय जनतालाई जानकारी गराउँदै पारदर्शी शासन, सुशासन, जवाफदेही राजनीति र जनअपेक्षाअनुसारको विकास नै पार्टीको मुख्य लक्ष्य रहेको स्पष्ट पारेको थियो।

पार्टीका अनुसार यस्ता घरदैलो कार्यक्रमहरूले जनताको वास्तविक समस्या बुझ्न र समाधानमुखी प्रभावकारी नीति निर्माण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको रास्वपाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once