Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
19.1 C
Kathmandu

काठमाडौं कारागारमा गृहमन्त्रीको अनुगमन, सुधारका कदम उठाउन निर्देशन

spot_img

काठमाडौँ,१३ माघ ।  गृहमन्त्री ओम प्रकाश अर्यालले काठमाडौंका कारागारहरू निरीक्षण गरेका छन् । मंगलबार काठमाडौंमा रहेको केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारको निरीक्षण गरेका हुन् ।

उनले केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको पनि निरीक्षण गरेका छन् । गृहसचिव, गृह मन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख, कारागार व्यवस्थान विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रहरी नायब
महानिरीक्षकलगायत उच्च अधिकारीको टोली लिई कारागार निरीक्षणको लागि पुगेका मन्त्री अर्यालले आवश्यक सुधारको काम सुरु गर्न निर्देशन दिए ।

अर्यालले केन्द्रीय कारागार जगन्‍नाथदेवलमा रहेका केन्द्र, भद्र र महिला सुधार गृहको निरीक्षणसँगै त्यहाँ रहेका कैदिबन्दीसँग भेट गरेका थिए । भेटमा उनीहरूको गुनासो पनि उनले सुनेका थिए ।

त्यस्तै कारागार कार्यालय डिल्लीबजारका महिला र पुरुष ब्लकहरूमा पुगी त्यहाँ राखीएका बन्दीहरुसँग समेत भेटघाट गरेका थिए । उनले राज्यका तर्फबाट बन्दीहरुलाई उपलब्ध गराइएका सुविधा प्राप्तिको अवस्थाबारे चासो राखेका थिए ।

निरीक्षणको क्रममा सम्बन्धित कारागारका कारागार प्रशासकहरुले कारागारको क्षमता, भौतिक अवस्था बन्दीहरुको संख्या लगायतबारे अर्याललाई जानकारी गराए ।

कारागारहरुको निरीक्षणपछि अर्यालले बन्दीगृहमा मानव अधिकारको प्रत्याभूतीमा कुनै सम्झौता नगर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए । त्यस्तै अर्यालले कारागार कार्यालयहरुको भौतिक पुर्वाधार सुधार तथा अत्यावश्यक सेवाको उपलब्धताको लागि मन्त्रालयको तर्फबाट पूर्ण सहयोगको प्रतिवद्धता व्यक्त गरी कारागार व्यवस्थापन विभाग मार्फत कारागार कार्यालयहरुको सुधारको मार्गचित्र यथाशीघ्र मन्त्रालयमा पेस निर्देशन दिए ।

केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको निरीक्षण गरी अर्यालले अस्पतालमा उपचाररत बन्दीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिई अस्पतालको सेवालाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once