Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
20.1 C
Kathmandu

नेप्से सोमबार: सामान्य गिरावटबीच १६ अर्ब रुपैयाँभन्दा बढीको सक्रिय कारोबार

spot_img

काठमाडौं,१२ माघ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको ‘करेक्सन’ देखिएको छ। अघिल्लो दिन ५७ अङ्कले उकालो लागेको बजार सोमबार भने ३ दशमलव ०७ अङ्कले घटेर २७६९ दशमलव ०९ विन्दुमा थामिएको हो।

यद्यपि परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकमले बजारमा उत्साहजनक पुनरागमनको सङ्केत गरेको छ। चुनावी माहोलसँगै लगानीकर्ताहरू सक्रिय हुन थालेका कारण सोमबार कुल कारोबार रकम १६ अर्ब ३५ करोड रुपैयाँ नाघेको छ, जुन अघिल्लो दिनको तुलनामा करिब साढे दुई अर्ब रुपैयाँले बढी हो।

सोमबार ३३२ कम्पनीका ३ करोड ६२ लाख ६४ हजार कित्ता सेयर किनबेच भएका छन्। समूहगत परिसूचकमा बैंकिङ, विकास बैंक, वित्त, बीमा र लघुवित्त समूह राताम्मे देखिए पनि होटल, जलविद्युत् र उत्पादनमूलक समूहमा सकारात्मक उछाल देखिएको छ। विशेष गरी होटल समूहमा १२७ दशमलव ६८ अङ्कको बढोत्तरी हुँदा उत्पादनमूलक र जलविद्युत् क्षेत्रले पनि बजारलाई स्थिर राख्न सहयोग पुर्‍याएको छ।

सोमबार १६५ कम्पनीको सेयर मूल्य घट्दा ८८ कम्पनीको मूल्य बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। केही कम्पनीका लगानीकर्ताले भने उच्च नाफा कमाएका छन्। एसवाई प्यानल, हिमस्टार, सान्भी पावर, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रोको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

विश्लेषकहरूले परिसूचक घटाइलाई ‘प्रोफिट बुकिङ’का रूपमा लिँदै लगानीकर्ताहरू नयाँ लगानीको अवसरका रूपमा प्रयोग गरिरहेको बताइरहेका छन्। १६ अर्ब ३५ करोडको उच्च कारोबारले बजारमा पर्याप्त तरलता र लगानीकर्ताको उच्च मनोबल रहेको पुष्टि गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once