Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

रास्वपा उम्मेदवार साहको घरदैलो अभियान, विकास र सुशासनको प्रतिबद्धता

spot_img

कलैया,११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार इन्जिनियर अरविन्द साहले आइतबार जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगिया बस्तीमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलो अभियानका क्रममा साहले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, गुनासा र अपेक्षाहरू सुने । सो अवसरमा स्थानीयले टाँगिया बस्तीमा लामो समयदेखि देखिँदै आएको बसोबास, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा रोजगारीसँग सम्बन्धित समस्याको समाधान गर्न माग राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार साहले टाँगिया बस्तीका समस्यालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए । “टाँगिया बस्तीका नागरिकले भोग्दै आएका समस्या कुनै एक व्यक्तिका मात्र होइनन्, यो राज्यको जिम्मेवारीको विषय हो,” उनले भने, “निर्वाचित भएपछि यहाँका आधारभूत समस्याहरू समाधानका लागि संसद्मा मजबुत आवाज उठाउनेछु ।”

उनले बारा–३ लाई देशकै नमुना निर्वाचन क्षेत्र बनाउने लक्ष्य रहेको पनि बताए । साहले रोजगारीका अवसर सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तर सुधार, युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने योजनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

“राजनीतिलाई परिणाममुखी बनाउँदै जनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउनु मेरो उद्देश्य हो,” साहले भने, “बारा–३ लाई विकास, सुशासन र अवसरको दृष्टिले देशकै उदाहरणीय क्षेत्र बनाउने सङ्कल्पका साथ अघि बढेको छु ।”

घरदैलो तथा जनता दर्शन कार्यक्रममा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । स्थानीयले नयाँ सोच र प्रविधिमैत्री दृष्टिकोणसहित राजनीतिमा आएका उम्मेदवारप्रति आशा र भरोसा व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once