नर्भिकद्वारा आपतकालीनका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु

spot_img

काठमाडौं,०२ माघ । नर्भिक इन्टरनेशनल हस्पिटलले आपतकालिन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो।

यो सेवा काठमाडौं रिङरोड भित्र गम्भीर तथा आकस्मिक अवस्थाका बिरामी तथा घाइतेका लागि मात्र लागु हुने जनाइएको छ। नर्भिकको निःशुल्क एम्बुलेन्स सेवा माघ १ गतेदेखि सुरु भएको छ। यो सेवा सातै दिन २४ सैँ घण्टा सञ्चालन हुने अस्पतालले जनाएको छ।

नर्भिकले आपतकालिन अवस्थाका बिरामी वा घाइतेलाई छिटो र सुरक्षित उद्धार गरी विश्वासिलो उपचार सेवा प्रदान गर्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once