सर्लाही, २९ पुस । बागमती नगरपालिका वडा नं. १२, कर्मैया स्थित “न्यु कालिका होटल एण्ड गेष्ट हाउस” मा प्रहरी अधिकारीहरूसँग पहुँच भएको झुठो दाबी गर्दै धम्की दिने र हातपातको प्रयास गर्ने अं. वर्ष २९ को रमेश गिरीलाई प्रहरीले पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार २०८२।०९।२६ गते साँझ ३:४५ बजेको समयमा रमेश गिरी नाम गरेका व्यक्तिले खाजा खाँदै रक्सी सेवन गरी प्रहरी अधिकारीहरूसँग पहुँच छ भनी लाल बहादुर घिसिङलाई धम्की दिएका थिए ।
उक्त धम्कि दिएको हुनाले स्थानीय लाल बहादुर घिसिङले जाहेरी दिएका आधारमा इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी टोली खटि तत्काल पक्राउ गरी अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीमा पक्राउ गरि ल्याई जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट अभद्र व्यवहार कसूरमा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।





