Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
26.1 C
Kathmandu

सप्तरी प्रहरीद्वारा ठूलो परिमाणमा खैरो हिरोइन (ब्राउन सुगर) सहित तीनजना पक्राउ

spot_img

सप्तरी, १३ पुस । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइन (ब्राउनसुगर) सहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मोरङ, विराटनगर महानगरपालिका वडा नं. १७ बस्ने अन्दाजी ३७ वर्षीय रजप आलम, विराटनगर महानगरपालिका वडा नं. ०४ बस्ने अन्दाजी ३२ वर्षीय अनुरुध निरौला र सोही ठाउँ बस्ने अन्दाजी २१ वर्षीय निकेश कुमार शर्मा रहेका छन् ।

लागू औषध कारोबार विरुद्धको अभियान अन्तर्गत विशेष सूचनाको आधारमा गत शुक्रबार अपराह्न करिब १६ः३० बजेको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले सप्तरी जिल्लाको तिलाठीकोइलाडी गाउँपालिका वडा नं. ०८ तोपा बजार क्षेत्रमा चेकजाँचको क्रममा लागुऔषध खैरो हिरोइन सहित तिनैजनालाई पक्राउ गरेको हो ।

भारदहबाट राजविराजतर्फ जाँदै गरेको प्र.१–०४–००१ ज ००४५ नम्बरको कार शंकास्पद देखिएपछि रोकि चेकजाँच गर्ने क्रममा कारभित्र सवार व्यक्तिहरूको शरीर तलासी लिँदा अनुरुध निरौलाको हुडीभित्र लुकाइ राखिएको सेतो प्लास्टिकको दुई वटा पोका बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको पोका भित्र लागू औषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ २०५ ग्राम ८२ मिलिग्राम रहेको पुष्टि भएको छ । उक्त लागू औषध, प्रयोग गरिएको कारसहित तीन जनालाई नियन्त्रणमा लिई कानून बमोजिम पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई सम्मानित सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच (५) दिनको म्याद थप गरी हाल अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once