Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
16.1 C
Kathmandu

निर्वाचन सुनिश्चित गर्न अनुकूल वातावरण आवश्यक : नेता कोइराला

spot_img

विराटनगर,०५ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले निष्पक्ष, भयरहित वातावरणमा जनताले मतदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिका–६ मा आज कांग्रेसका नेता तथा कार्यकर्तासँग छलफल गर्दै उनले सरकारका साथै पार्टीका कार्यकर्ताले पनि निर्वाचनको वातावरण निर्माण गर्न आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने धारणा राखे । त्रास र भयको वातावरणमा निष्पक्ष निर्वाचनको सम्भावना नहुने भन्दै उनले सरकारले यसका लागि विशेष पहल गर्नुपर्ने धारणा राखे।

नेता कोइरालाले भने, ‘गत भदौ २४ गतेको जेन-जी आन्दोलनका समयमा फरार रहेका पाँच हजार कैदीबन्दी करागार बाहिर छन् । प्रहरीबाट लुटिएका करिब पाँचदेखि सात हजार हतियार पक्राउ परेका छैनन् । तसर्थ आमजनतामा त्रास र भयको वातावरण छ । यस्तो अवस्थामा सरकार, राजनीतिक दल, सरोकार भएका निकाय सबैले निर्वाचनको वातावरण बनाउन समन्वय गर्नुपर्ने हुन्छ ।’

नेता कोइरालाले कांग्रेस एक जिम्मेवार र जनचाहना अनुरुप सञ्चालन हुने पार्टी भएकाले निर्वाचनको वातावरणसँगै पार्टीको महाधिवेशन सम्पन्न गर्नेतर्फ रहेको बताए।

उनले निर्वाचन र महाधिवेशनको तयारीसँगै शान्तिसुरक्षा कायम गराउनेतर्फ समन्वयात्मक भूमिका निर्वाह गर्न पार्टी सबै नेता कार्यकर्तालाई आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once