Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
19.1 C
Kathmandu

मधेश प्रदेश सभामुखमा सत्तारुढ गठबन्धनबाट रामअशिष उम्मेदवार, भोलि निर्वाचन

spot_img

काठमाडौं,०५ पुस । मधेश प्रदेशको रिक्त सभामुख पदका लागि सत्तारुढ सात दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी जसपा नेपालका प्रदेश सांसद रामअशिष यादवले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

शनिबार जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादवले तामझामका साथ मनोनयन पत्र दर्ता गराउनुभएको हो । यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं सांसद विरेन्द्र प्रसाद सिंह प्रस्तावक रहनुभएको छ भने नेकपा माओवादी केन्द्रका सांसद फकिरा महतोले समर्थन जनाउनुभएको छ । यस उम्मेदवारीले मधेशको राजनीतिमा सत्ता पक्षीय गठबन्धनको एकतालाई थप मजबुत बनाएको विश्लेषण गरिएको छ।

लामो समयदेखि रिक्त रहेको सभामुख चयनका लागि प्रदेश सभा सचिवालयले शनिबारका लागि मनोनयन दर्ताको समय तोकेको थियो। सत्तारुढ गठबन्धनभित्रैका प्रमुख शक्तिहरू कांग्रेस र माओवादी केन्द्रले जसपा नेपालका उम्मेदवारलाई साथ दिएपछि यादवको पल्ला भारी देखिएको छ । निर्वाचन तालिका अनुसार आज मनोनयन दर्ता सकिएसँगै भोलि प्रदेश सभाको बैठकमा सभामुख चयनका लागि मतदान हुनेछ। गठबन्धनको स्पष्ट बहुमत रहेका कारण यादवको विजय लगभग सुनिश्चित जस्तै देखिए पनि विपक्षी दलहरूको कदम कस्तो रहन्छ भन्ने चासोका साथ हेरिएको छ ।

मधेश प्रदेशको संसदीय राजनीतिमा बौद्धिक र सालिन नेताका रूपमा चिनिने यादवलाई सभामुखको साझा उम्मेदवार बनाएर गठबन्धनले शक्ति सन्तुलन मिलाउने प्रयास गरेको छ । उम्मेदवारी दर्ता पछि प्रतिक्रिया दिँदै यादवले प्रदेश सभालाई मर्यादित र प्रभावकारी बनाउन आफ्नो भूमिका केन्द्रित हुने विश्वास दिलाउनुभएको छ । भोलि हुने निर्वाचनको तयारीका लागि प्रदेश सभा सचिवालयले आवश्यक सबै प्रबन्ध मिलाइसकेको छ भने राजनीतिक वृत्तमा अबको सभामुखले खेल्ने भूमिका र प्रदेश सरकारको स्थायित्वबारे विभिन्न अड्कलबाजीहरू सुरु भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once