Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

spot_img

जनकपुर,११ असोज । सर्लाहीमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–२ का २३ वर्षीय अंकित चौधरी (मोटरसाइकल चालक) र मोटरसाइकलमा बीचमा सवार २५ वर्षीय रोहित सहनी रहेका छन्।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार शुक्रबार राति करिब ८ बजेको समयमा ब्रहम्पुरी गाउँपालिका–५ स्थित हुलाकी सडक खण्डमा दुर्घटना भएको हो।

पर्साबाट भेल्हीतर्फ जाँदै गरेको एम.एच ०४ डी.जे. १२९७ नम्बरको स्कार्पियोले विपरीत दिशाबाट आउँदै गरेको प्र.३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको र एकजना मध्यम घाइते भएका छन्। स्कार्पियो नियन्त्रणमा लिए पनि चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once