Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
19.1 C
Kathmandu

वीरगंज नाकाबाट सवारीसाधन आयात बढ्यो, राजस्वमा समेत वृद्धि

spot_img

वीरगंज,०९ असोज । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट ७ अर्ब १६ लाख रुपैयाँ मूल्य बराबरका सवारीसाधन र पार्टपुर्जा आयात भएका छन्।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा १ अर्ब ७५ करोड रुपैयाँ बढी मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। गत आवको दुई महिनामा ५ अर्ब २५ करोड रुपैयाँ मूल्यका सवारीसाधन आयात भएका थिए।

कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार, चालु आवको दुई महिनामा सवारीसाधन आयात उत्साहजनक भएको छ र यसबाट प्राप्त हुने राजस्वमा पनि वृद्धि भएको छ। गत आवको सोही अवधिमा ४ अर्ब ४७ करोड ७६ लाख राजस्व सङ्कलन भएको थियो भने चालु आवमा ६ अर्ब १३ करोड ९२ लाख राजस्व सङ्कलन भएको छ।

चालु आवको दुई महिनामा ४३ करोड ५२ लाख मूल्यका १७८ वटा जीप, कार र भ्यान आयात भएका छन्। यसै अवधिमा २ अर्ब ७९ करोड मूल्यका २० हजार ६२० थान अनएसेम्बल्ड मोटरसाइकल र ६६ करोड ४३ लाख मूल्यका ३१८ वटा अन्य बस–ट्रकका चेसिस आयात भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once