Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026
spot_img
20.1 C
Kathmandu

ऊर्जा, सहरी विकास र यातायात मन्त्रालयमा भ्रष्टाचार रोक्न हटलाइन खुला

spot_img

काठमाडौँ,०९ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधि रोक्न अब हटलाइन नम्बर सञ्चालनमा आएको छ।

मन्त्रालयका विभाग, आयोजना तथा मातहत कार्यालयमा सेवाग्राहीलाई काम पन्छाउने, घुस÷रिसवत माग्ने, अनावश्यक दुःख दिने वा अपमानजनक व्यवहार गर्ने गतिविधि भएमा प्रत्यक्ष गुनासो दिन सकिने व्यवस्था गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित गुनासोका लागि टेलिफोन नम्बर ०१–४२११५११ र हटलाइन ११५१ प्रयोग गर्न सकिनेछ। सहरी विकास मन्त्रालयका लागि ०१–४२०००१ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि ०१–४२११७२ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।

तीन मन्त्रालयमा गुनासोहरू gunaso.minister@gmail.com मार्फत पनि पठाउन सकिने व्यवस्था मिलाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once