Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
20.1 C
Kathmandu

दशैंको प्रभावः नेप्से २७.८९ अंकले घट्यो, कारोबार ४ अर्बमा सीमित

spot_img

काठमाडौं ,०८ असोज । बुधबार नेपाली शेयर बजारमा मन्दी छाएको छ। नेप्से परिसूचक र कारोबार रकम दुवै घटेका छन्।

नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४ अंकमा कायम भएको छ, जुन १.०३ प्रतिशतको गिरावट हो। मंगलबार ५ अर्ब २९ करोडको कारोबार भए पनि आज ४ अर्ब १२ करोडमा सीमित भएको छ। विश्लेषकहरूका अनुसार दशैं नजिकिँदै गर्दा खर्चका कारण लगानीकर्ताले शेयर खरिदमा चासो नदेखाउँदा बजारमा गिरावट आएको हो।

समूहगत परिसूचक र कम्पनीहरूको प्रदर्शन
आज ५३ कम्पनीको मूल्य बढेको छ भने १९३ कम्पनीको मूल्य घटेको छ। ५ कम्पनी स्थिर रहेका छन्। होटल तथा पर्यटन समूह मात्रै ०.८५ प्रतिशतले बढेको छ भने अन्य समूह सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ।

यसबाहेक बैंकिङ, विकास बैंक, हाइड्रोपावर, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा लगायतका सबै समूहको सूचकमा गिरावट आएको छ।

उच्च उतारचढाव भएका कम्पनीहरू
आज सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीहरूमा माथिल्लो मैलुङखोला जलविद्युत्, सिटी होटल र हिमस्टार ऊर्जा कम्पनी रहेका छन्, जसको मूल्य १० प्रतिशतले बढेको छ।
त्यसैगरी, सबैभन्दा धेरै घट्ने कम्पनीहरूमा उन्नति सहकार्य लघुवित्त, राप्ती हाइड्रो र बुटवल पावर रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once