Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
20.1 C
Kathmandu

अमलेखगञ्जमा २३६ किलो गाँजासहित ट्रक चालक पक्राउ

spot_img

वीरगंज,०६ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति मकवानपुरको कैलाश नगरपालिका–१० निवासी ३८ वर्षीय रमेश रुम्बा हुन्।

इलाका प्रहरी कार्यालय सिमराको टोलीले सोमबार दिउँसो नियमित चेकजाँचको क्रममा मकवानपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको बा २ ख ९५६९ नम्बरको मिनि ट्रक रोकेर चेकजाँच गर्दा २३६ किलो ७५० ग्राम गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार, ट्रकको छतमाथि फल्स बटम (नक्कली तह) बनाइ त्रिपालले छोपेर लुकाइएको अवस्थामा २८ वटा पोकामा गाँजा राखिएको थियो। सुराकीका आधारमा रुटिन चेकजाँचमा खटिएको टोलीले ट्रकको बिस्तृत जाँच गर्दा लागुऔषध बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले ट्रकसहित गाँजा र चालकलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। उनका अनुसार, थप अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।

पछिल्ला दिनहरूमा पर्सा र बारा जिल्लाको सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसारका घटनाहरू बढिरहेको प्रहरीको भनाइ छ। यस्ता घटनाहरू रोक्न चेकजाँच कडा पारिएको बताइएको छ।

प्रहरीले लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कारबाही हुने चेतावनी समेत दिएको छ। पक्राउ परेका चालक र ट्रकसहित बरामद गाँजा आवश्यक प्रमाणसहित लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once