Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

वीरगंजमा सशस्त्र प्रहरीको कारबाही : ३८ लाखभन्दा बढी मूल्यका सामान बरामद

spot_img

वीरगंज,३१ भदौ । सशस्त्र प्रहरी बल नेपाल, १३ नं. गण पर्साले अवैध रुपमा भारतबाट नेपाल भित्र्याइएका कपडा, किराना सामग्री तथा गाडी बरामद गरी वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

साेमबार प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–०९ स्थित पान गल्ली क्षेत्रमा ना.४ च ६३७९ नम्बरको बोलेरो पिकअपमा कपडा तथा जुत्ता लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । बरामद गरिएको कपडा र जुत्ताको मूल्य करिब १४ लाख ४९ हजार ८ सय बराबर रहेको छ भने बोलेरो पिकअप गाडीको मूल्य २० लाख रुपैया आकलन गरिएको छ ।

उक्त सामग्री र गाडी वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नं. गण पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए । गाडी छोडेर भागेका व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले सूचना अधिकारी कार्कीले वताए ।

त्यस्तै सोही गुल्मबाट खटिएको अर्को टोलीले पर्साका विभिन्न इलाकाबाट रु.२ लाख १६ हजार ५ सय ५० बराबरको कपडा, किराना सामान र खसी नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–१७ अलौ चौकबाट रु.१ लाख ४१ हजार ९३० बराबरको मोटरसाइकल र किराना सामान नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once