वीरगंज,३१ भदौ । काठमाडाैं महानगरपालिकाका मेयर बालेन साहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई फेसबुकमार्फत प्रेमपूर्ण तर स्पष्ट जवाफ दिएका छन्। मेयर साहले लेखेका छन्, “डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो।”
यसअघि हर्क साम्पाङले फेसबुकमा बालेनलाई लक्षित गर्दै “सिंहदरबारमा आगो लगाइदिन्छु, जलाइदिन्छु” लगायतका अभिव्यक्ति दिएका थिए। त्यस्तै, हर्कले लेखेका थिए, “चान्चुने नठान! सक्छस् भने प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गर। हारें भने तेरो घरमा १ वर्ष नोकर बस्छु, तँ हारिस् भने मेरो घरमा सिर्फ १ महिना हली बस्। सक्छस्? मुला लुक्छस्? हूतिहारा…”
थुप्रै फेसबुक स्टाटसहरूमा हर्कले बालेनलाई लक्षित गरेपछि, बालेनले आज आफ्नै फेसबुक स्टाटसमार्फत जवाफ फर्काएका हुन्। उनका स्टाटसमा प्रेम र व्यंग्य दुवै मिसिएको देखिन्छ।
यो घटनाले सामाजिक सञ्जालमा चर्चा बढाएको छ र दुवै मेयरबीचको सम्बन्ध र राजनीतिक संवादको ध्यान तानेको छ। राजनीतिक क्षेत्रका विश्लेषकहरूले यसलाई आधुनिक डिजिटल युगमा नेताहरूबीचको संवादको अनौठो उदाहरणको रूपमा मूल्याङ्कन गरेका छन्।





