काठमाडौं,२६ भदौ । नेपाल प्रहरी हेडक्वाटर नक्साल अगाडि रहेको पेट्रोल पम्प पुनः सञ्चालनमा आएको छ।
जेन–जी प्रदर्शनका क्रममा बन्द भएको सो पम्पलाई आज (बिहीबार) बाट सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले जानकारी दिएको हो।
प्रदर्शनका क्रममा देशभर विभिन्न प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएका थिए। उक्त घटनामा अहिलेसम्म ३ जना प्रहरीको ज्यान गएको समेत प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार नक्सालस्थित पेट्रोल पम्प पुनः सञ्चालनमा आएसँगै सर्वसाधारणलाई पेट्रोलियम पदार्थ आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।





