Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

माइतीघरमा संविधान बचाउन प्रदर्शनको आह्वान

spot_img

काठमाडौं,२६ भदौ । ‘सेभ आवर कन्स्टिट्युशन’ नामक एक समूहले नेपालको संविधानको रक्षा गर्न माग गर्दै बिहीबार बिहान १० बजे माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेको छ ।

यो समूहले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरी प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गरेको छ । यो प्रदर्शन ‘जेन-जी’ समूहले भ्रष्टाचार र विसङ्गतविरुद्ध गरेको देशव्यापी आन्दोलनपछि हुन लागेको हो । जेन-जी आन्दोलनकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए र आन्दोलनकारीले अन्तरिम सरकार गठनको माग अघि सारेका थिए ।

यद्यपि, अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा बुधबार साँझसम्म पनि कुनै सहमति जुट्न सकेको छैन । यही असहज परिस्थितिमा ‘सेभ आवर कन्स्टिट्युशन’ समूहले संविधानलाई केन्द्रमा राखेर प्रदर्शनको आयोजना गरेको हो । यसले अहिलेको राजनीतिक संकटमा विभिन्न पक्षको फरक-फरक अडान रहेको स्पष्ट देखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once