Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

नेपाली सेनाको कारबाही : सप्तरीमा १९२ कैदी नियन्त्रण,रामेछापमा गोली चल्दा २ को मृत्यु

spot_img

काठमाडौं,२६ भदौ । देशभर सुरक्षा चेकजाँच कडा बनाइएका बीच नेपाली सेनाले विभिन्न जिल्लामा उल्लेख्य कारबाही गरेको छ।

सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारततर्फ भाग्दै गरेका ७ जना कैदीलाई नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ भने १ जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका छन्। यसैबीच १२ जना कैदी आफैं फर्केर कारागारमा हाजिर भएका छन्।

रामेछापस्थित जिल्ला कारागारमा कैदीहरूले बाहिर जानुपर्ने माग गर्दै प्रदर्शन र झडप गरेका थिए। झडप नियन्त्रणका क्रममा नेपाली सेनाले चलाएको गोली लाग्दा १२ जना घाइते भएका छन् भने २ जनाको मृत्यु भएको पुष्टि भएको छ।

यसैगरी, काभ्रेपलान्चोक जिल्लाको बनेपा–९ नयाँ बस्तीमा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।

हालसम्म विभिन्न स्थानबाट ९४ नाल विभिन्न प्रकारका हतियार बरामद भएको नेपाली सेनाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once