Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

पर्साको ग्रामिण जिराभवानी गाउँपालिका कार्यालयमा पनि तोडफोड र आगजनी

spot_img

वीरगंज,२६ भदौं । पर्साको जिराभवानी गाउँपालिकाको कार्यालयमा आज दिउँसो जेनजीको नाममा एक समूहले गाउँपालिका अध्यक्षको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। कार्यालय बन्द र कर्मचारी नभएको अवस्थामा करिब एक सय जनाको समूहले मुख्य ढोका फोडी भित्र प्रवेश गरी डिजिटल होर्डिङ बोर्ड, सोफा, कुर्सी, दराज, कागजपत्र र कम्प्युटरका सामग्री बाहिर निकालेर आगजनी गरेको प्रहरीले जनाएको छ। सो क्रममा कार्यालयको रोलर गाडी र जेसिबीमा समेत क्षति पुगेको छ।

गाउँपालिकाको कार्यालय निजी घर भाडामा लिएर सञ्चालन भइरहेको हुँदा सम्पत्ति निजी भएको कारण स्थानीय महिलाहरूले प्रतिकार गरेपछि प्रदर्शनकारीहरू भागेका थिए। स्थानीयको भनाइअनुसार जेनजी वा कुनै समूहले निजी सम्पत्तिमा क्षति पुर्याउनु गलत हो।

सो समूहले गाउँपालिका अध्यक्ष अनोज चौधरीको सेढवा स्थित घरमा समेत ढुङ्गामुडा र तोडफोड गरी झ्यालका सिसा फुटाएका थिए। अध्यक्ष चौधरीका ठूला बुवा तथा प्रदेश सांसद शंकर चौधरीले घटनास्थलमा पुगेर प्रदर्शनकारीलाई सम्झाइ बुझाइ फर्काएका थिए। त्यस्तै, उपाध्यक्ष रेखा चौधरीको महादेवपट्टि स्थित घर अगाडि पनि नारा जुलुस र आगजनी गरिएको छ।

उता, पटेर्वासुगौली गाउँपालिकामा पनि यही समूहले जनप्रतिनिधिहरूको राजीनामा माग्दै जेनजीको नाममा प्रदर्शन गरेको छ।

जेनजी नेतृत्वले भने वार्ता प्रक्रिया चलिरहेको समयमा ग्रामीण भेगका कतिपय समूहले व्यक्तिगत रिसइवी तथा स्वार्थका लागि आफ्नो नाम दुरुपयोग गर्दै आन्दोलनमा हिंसा गर्ने क्रम बढेको भन्दै विरोध जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once