Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
22.1 C
Kathmandu

नेपाली सेनाको आग्रह : हराएका हतियार र गोलीबारुद तत्काल बुझाउन

spot_img

वीरगंज,२५ भदौ । नेपाली सेनाले जेन–जी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट हराएका वा लुटिएका हतियार, गोलीबारुद तथा अन्य सामग्री तुरुन्तै बुझाउन आग्रह गरेको छ।

बुधबार जारी गरिएको विज्ञप्तिमा सेनाले ती हतियार तथा गोलीगट्ठा जनधनको क्षतिको जोखिम बढाउन सक्ने भएकाले नजिकैको सुरक्षा निकायलाई जानकारी गराएर तत्काल बुझाउन अनुरोध गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “ती हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुन सक्ने भएकाले प्राप्त गर्ने व्यक्तिहरुले नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन र तत्काल बुझाउन अनुरोध गरिन्छ।”

यसैगरी, नेपाली सेनाले यस्तो संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको पोशाक (युनिफर्म) को अनधिकृत प्रयोग नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once