Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
23.1 C
Kathmandu

रास्वपाका सबै सांसद सामूहिक राजीनामातर्फ, निर्णय अन्तिम चरणमा

spot_img

काठमाडौं,२४ भदौ । पछिल्ला राजनीतिक र सामाजिक उथलपुथललाई मध्यनजर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन्।

मंगलबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सांसदहरूलाई राजीनामा दिन तयार रहन निर्देशन दिइएको र निर्णय अन्तिम चरणमा पुगेको एक सांसदले जानकारी दिएका छन्।

रास्वपाका प्रवक्ता मनिष झाले बैठक सुरु भएको पुष्टि गर्दै औपचारिक निर्णय केही समयमै सार्वजनिक गरिने बताए।

सभापति रवि लामिछाने, जो सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा छन्, उनले सोमबार साँझ आफ्ना सांसदहरूलाई राजीनामा दिन तयार रहन आग्रह गरेका थिए। लामिछानेले युवाहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै राज्य संयन्त्रको दमनलाई अमानवीय भनेका छन्।

जेनजी आन्दोलन र रास्वपाको समर्थन

जेनजी आन्दोलन चर्किँदै गएपछि सोमबार प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ। २०० भन्दा बढी घाइते भएका छन्। सरकारले सामाजिक सञ्जाल बन्द गर्ने, सञ्चारमाध्यममा हस्तक्षेप गर्ने र आन्दोलनमाथि बल प्रयोग गर्ने निर्णयको व्यापक विरोध भइरहेको छ।

रास्वपाले युवाहरूको आन्दोलनलाई समर्थन जनाउँदै सरकारले चालेका दमनात्मक कदमहरूको कडा विरोध गरेको छ। मंगलबार पनि काठमाडौंसहित देशभरका प्रमुख सहरहरूमा प्रदर्शन जारी रहेकाछन्।

संसदमा ठूलो दबाब

प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन्। तीमध्ये असिम शाहले केही दिनअघि नै व्यक्तिगत राजीनामा दिएका थिए। बाँकी सबै सांसदले सामूहिक रूपमा राजीनामा दिएमा, यो संसदको इतिहासमै सबैभन्दा ठूलो सामूहिक राजीनामा हुनेछ, जसले सरकारमाथि थप दबाब सिर्जना गर्ने देखिन्छ।

विश्लेषकहरूका अनुसार देशमा चलिरहेको सामाजिक आन्दोलन, राजनीतिक अस्थिरता र सत्तापक्षको मौनताबीच रास्वपाको कदमले राष्ट्रिय राजनीतिमा नयाँ मोड ल्याउने सम्भावना बढेको छ। अब सरकार र सत्तारूढ गठबन्धनको जवाफ कस्तो आउने हो भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once