Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
23.1 C
Kathmandu

जेन-जी आन्दोलन : प्रधानमन्त्री ओलीको राजीनामाको माग

spot_img

काठमाडौं,२४ भदौ । राजधानीको बानेश्वरमा जेन-जी प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् ।

सानो बानेश्वरस्थित सिभिल अस्पतालअगाडि भेला भएका उनीहरूले आफ्ना साथीहरूको मृत्यु भएपछि आक्रोशित हुँदै यो माग उठाएका हुन् । सोमबारको प्रदर्शनमा कम्तिमा १९ जना युवाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको खबर सार्वजनिक भएपछि प्रदर्शनकारीहरू झनै उत्तेजित बनेका छन् । उनीहरूले यस घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र गृहमन्त्री रमेश लेखकको राजीनामा मात्र पर्याप्त नभएको बताएका छन् ।

प्रदर्शनकारीहरूले प्रहरी प्रशासनले अनावश्यक बल प्रयोग गरेको भन्दै त्यसको कडा विरोध गरेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीलाई नै यस घटनाको मूल दोषी मान्दै उनको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । यो प्रदर्शन अहिले सिभिल अस्पतालको गेटअगाडि जारी छ, जहाँ मृतक युवाहरूको घोषणा गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once