अमोद शर्मा
सर्लाही, कबिलासी,१७ भदौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, मधेश प्रदेशअन्तर्गत हरिवन क्लस्टरको उपशाखा कार्यालय कबिलासीले आफ्ना सदस्यको परिवारलाई आर्थिक सहयोग गरेको छ।
कबिलासीस्थित केन्द्र नं. ०८ की सदस्य अगरी देवीका श्रीमानको निधन भएपछि बीमा रकम तथा काजक्रिया खर्चका लागि कुल रु. १,४०,०००/- कार्यालय प्रमुख सुस्रेन्द्र कुमार शाह मृतकको परिवारलाई प्रदान गरेका थिए।

उक्त रकम कार्यालय प्रमुख सुस्रेन्द्र कुमार शाह र समोद शर्मा बढाईले केन्द्र प्रमुखसहित सदस्यहरूको उपस्थितिमा मृतकको परिवारलाई प्रदान गरेका थिए।





