Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
20.1 C
Kathmandu

बारा जिल्लामा यस वर्ष धान उत्पादन उत्कृष्ट हुने अनुमान

spot_img

वीरगंज,१२ भदौ । यस वर्ष बारा जिल्लामा शतप्रतिशत वर्षे धान रोपाइँ सम्पन्न भएको छ। जिल्लाको कुल ४६ हजार २० हेक्टर खेतीयोग्य जमिनमा धान रोपाइँ गर्ने लक्ष्य लिइएको थियो, जुन पूरा भएको छ।

पर्याप्त वर्षा नहुँदा र खडेरीका कारण रोपाइँ केही ढिलो भए पनि सबै खेतीयोग्य जमिनमा धान रोपिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिए। उनका अनुसार यस वर्ष जिल्लामा हर्दिनाथ, चैते–१, चैते–२, चैते–४, राधा–४, सोनामन्सुली, राधा–११, राधा–९, राधा–७ लगायत विभिन्न जातका धान रोपिएको छ।

केन्द्रका अर्थविज्ञ गणेश महराले पटकपटक भएको वर्षाका कारण धानको रोपोमा सुधार आएको र खेती सप्रिएकाले उत्पादनमा कमी नहुने विश्वास व्यक्त गरे। उनका अनुसार गत आवमा कृषकले कूल ४६ हजार २० हेक्टर क्षेत्रफलमा वर्षे धानखेती गरेकामा छ अर्ब २८ करोड १९ लाख २८ करोड नौ लाख ३२ हजार बराबरको एक लाख ९३ हजार २८४ मेट्रिकटन धान उत्पादन भएको थियो।

यस वर्ष पनि धानको उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ, जसले जिल्लाको कृषि अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once