Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
20.1 C
Kathmandu

काठमाडौं–मुग्लिङ सडकखण्ड अवरुद्धपछि फेरि खुल्यो

spot_img

काठमाडौं,१२ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै खुलेको छ ।

आज बिहान करिब साढे तीन बजेतिर खसेको पहिरोले अवरुद्ध भएको सडक आज बिहान करिब ७:५० बजेदेखि दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।

बाटो खुले पनि सडकमा सवारी साधनको चाप छ । रातिदेखि नै सडक खुल्ने र बन्द हुने गरेकाले सयौं सवारीसाधनहरु बीचबाटोमै रोकिएका थिए ।

ती सवारी साधनहरुलाई ट्राफिक प्रहरीको सहयोगमा गन्तव्यमा पठाउने काम भइरहेको छ । सडकमा हतार नगरी ट्राफिक नियम पालना गरेर सवारी चलाउन चालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once