Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
20.1 C
Kathmandu

विषादीरहित जुम्ली स्याउ तम्घास बजारमा लोकप्रिय

spot_img

गुल्मी,०७ भदौ । गुल्मीको सदरमुकाम तम्घास बजारमा बिक्रीका लागि जुम्लाको अर्गानिक स्याउ ल्याइएको छ ।

जुम्लाको सिंजा र तिला गाउँपालिकाका विभिन्न स्थानबाट संकलन गरिएको स्वादिलो र विषादीरहित स्याउले यहाँका उपभोक्ताको मन जित्न सफल भएको छ ।

व्यवसायी जगतबहादुर शाहीकाा अनुसार अघिल्लो वर्ष जस्तै यस वर्ष पनि करिब ५० कुन्टल अर्गानिक स्याउ बिक्रीका लागि तम्घास बजारमा ल्याइएको बताए । साहीसहित चार जना व्यवसायीले मिलेर जुम्लाको अर्गानिक स्याउ यहाँ पुर्‍याएका हुन् ।

यसवर्ष प्रतिकिलो २०० देखि २५० रुपैयाँमा बिक्री हुँदै आएको छ । व्यवसायीहरुले तम्घास बजारको खानिगाउँस्थित भगवती मन्दिर नजिकै सटर भाडामा लिएर स्याउन बिक्री गर्न थालेका हुन् ।

व्यवसायी साहीले अघिल्लो वर्ष करिब ५० कुन्टल स्याउ बिक्री गरेको अनुभव सुनाउँदै यस वर्ष पनि सोही मात्रामा स्याउ बजारमा ल्याइएको जानकारी दिए ।

जुम्लाका किसानहरूले पछिल्ला वर्षहरूमा अर्गानिक खेतीमा जोड दिएका छन् । हिमाली वातावरण, शुद्ध पानी, र रासायनिक मल तथा विषादीको प्रयोग नगर्ने परम्परागत शैलीका कारण जुम्लाको स्याउ देशभर ख्याती प्राप्त हुन थालेको हो ।

त्यहाँका धेरै किसानहरूले सयौंको संख्यामा स्याउका बोट लगाएका छन् । व्यवसायीहरू ती किसानहरूसँग समन्वय गरेर उत्पादन संकलन गरी विभिन्न जिल्ला जस्तै गुल्मी, पाल्पा, बुटवल लगायतका बजारहरूमा वितरण गर्दै आएका छन् ।

स्याउ हिमाली भेगबाट ल्याउँदा लामो दुरी र कठिन भौगोलिक अवस्थाका कारण ढुवानी खर्च उच्च हुने गर्छ । जुम्लाबाट तम्घाससम्म स्याउ ल्याउन ट्रकको भाडा महँगो पर्छ ।

त्यसैले थोरै महँगो पर्छ । तर गुणस्तरको हिसाबले उपभोक्ताहरू सन्तुष्ट छन् ।

आजको समयमा स्वास्थ्यप्रति सचेत नागरिकहरू अर्गानिक उत्पादनप्रति झुकाव राख्छन् । जुम्लाको स्याउमा विषादी वा रासायनिक मल प्रयोग नगरेको हुँदा यो स्वास्थ्यका दृष्टिले सुरक्षित र लाभदायक मानिन्छ ।

यहीँ कारणले यहाँका स्थानीय ग्राहकहरू स्याउ मन पराएर लिने गरेका छन् । जुम्ला जस्तो दुर्गम जिल्लाबाट अर्गानिक उत्पादनलाई देशका विभिन्न भागसम्म पुर्‍याउन व्यवसायीहरू सक्रिय छन् ।

यसले जुम्लाका किसानको जीवनस्तर सुधार गर्नुका साथै नेपालको अर्गानिक कृषि प्रणालीलाई प्रोत्साहन दिन मद्दत पुर्‍याइरहेको छ । जुम्लाबाट स्याउ ल्याउन सवारी भाडा खर्च धेरै पर्छ, त्यसैले थोरै महँगो पर्ने गरेको साहीले बताए ।

स्वादिलो, प्राकृतिक र विषादीरहित भएकाले उपभोक्ताले स्याउ मन पराएर किनिरहेका छन् । स्याउ सकिएपछि स्थानीय मागअनुसार पुन: जुम्लाबाट ल्याउने तयारी व्यवसायीको रहेको छ ।

जुम्लाका किसानहरूले अर्गानिक स्याउ उत्पादनमा पछिल्लो समय ध्यान दिएका छन् । जुम्लाको अर्गानिक कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउने यो प्रयासले स्थानीय किसान तथा व्यवसायी दुवैलाई आर्थिक लाभ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once