Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
18.1 C
Kathmandu

पेस्तोलसहित युवक पक्राउ: डोल्पाको लेकमा यार्सा भेट्टाएको दाबी

spot_img

काठमाडौं,०५ भदौ । अटोमेटिक पेस्तोल र गोलीसहित पक्राउ परेका युवकले उक्त पेस्तोल डोल्पाको लेकमा भेट्टाएको बताएका छन् ।

पेस्तोलसहित पक्राउ परेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भएका २९ वर्षीय शिवराज दराईले पेस्तोल यार्सागुम्बा टिप्न जाँदा भेट्टाएको दाबी गरेका हुन् ।

उनको कोठाबाट प्रहरीले एक थान अटोमेटिक पेस्तोल, दुई थान म्यागजिन, ७ राउण्ड गोली बरामद गरेको थियो । ती युवकले यो पेस्ताल कहाँबाट ल्याए भन्ने अनुसन्धान अघि बढाएको प्रहरी समक्ष युवकले यस्तो बयान दिएका हुन् ।

उनको भनाइअनुसार अनुसन्धान गर्दा उनी डोल्पा गएको सम्म पुष्टि भएको एक प्रहरी अधिकृत बताउँछन् । ‘डोल्पा गएकोसम्म पुष्टि भएको छ । पेस्तोल उत्तै भेटेका हुन्/होइनन् यकिन हुन बाँकी नै छ’ एक अनुसन्धान अधिृकतले भने ।

यार्सागुम्बा टिप्न जानेहरुले यार्सा लुटपाट हुनसक्ने भन्दै हतियार समेत लिएर जाने चलन समेत छ । जसकारण ती युवकले भनेजस्तै उत्तै भेट्टाएको हुनसक्ने आशंका पनि प्रहरीको छ ।

काठमाडौं चमती बस्दै आएका उनलाई प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेको अनुसन्धान गरिरहेको छ ।

उनीविरुद्ध यसअघि १८ असोज २०७८ मा प्रहरी वृत्त कीर्तिपुरबाट अभद्र र १९ कात्तिक २०८० मा लागुऔषधको कसुरको मुद्दा चलेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once