Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
18.1 C
Kathmandu

दुई प्रमुख जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी नियुक्त

spot_img

वीरगंज,०५ भदौ । गृह मन्त्रालयले हालै २० जना सहसचिव र २४ जना उपसचिवको एकै पटक सरुवा गरेको छ।

यो निर्णयसँगै पर्सा र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित केही महत्त्वपूर्ण पदहरूमा नयाँ नेतृत्व आएको छ। गृहमन्त्री रमेश लेखकको निर्देशनमा भएको यो सरुवाले दुवै जिल्लाको प्रशासनमा परिवर्तन ल्याएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। अर्यालको स्थानमा पाल्पामा कार्यरत तोय नारायण सुवेदीलाई पर्साको जिम्मेवारी दिइएको छ। पर्साको संवेदनशील भू–राजनीतिक अवस्था र आर्थिक महत्त्वलाई ध्यानमा राख्दै नयाँ प्रजिअको आगमनलाई चासोका साथ हेरिएको छ।

बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई सरुवा गरी जिल्ला प्रशासन कार्यालय, सिराहा पठाइएको छ। उनको ठाउँमा नयाँ प्रजिअका रूपमा चितवनमा कार्यरत प्रकाश पौडेललाई बाराको जिम्मेवारी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once