Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
spot_img
18.1 C
Kathmandu

भारत–नेपाल मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन नेपाल आयल निगमलाई हस्तान्तरणको तयारीमा

spot_img

वीरगंज,०५ भदौ । भारत–नेपालबीच निर्माण भएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन नेपाल आयल निगमलाई हस्तान्तरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

निगम मधेश प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यका अनुसार पाइपलाइनको प्राविधिक परीक्षण सकिएको छ र छिट्टै औपचारिक रूपमा हस्तान्तरण गरिनेछ। यसबारे दुई देशका प्रधानमन्त्रीको संयुक्त उद्घाटन गर्ने वा अन्य औपचारिक विधिबाट हस्तान्तरण गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए।

पाइपलाइनमार्फत नियमित रूपमा पेट्रोलियम पदार्थ आयात भइरहेका बेला यसको सफलतापछि अब अमलेखगञ्ज–चितवन लोथरसम्म ६९ किलोमिटर लामो अर्को पाइपलाइन विस्तारको तयारी सुरु भएको छ। उक्त खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अन्तिम चरणमा पुगेको छ भने चितवनमा कार्यालयसमेत स्थापना गरिएको छ। केही दिनमै माटो सम्याउने काम सुरु हुने र भारत सरकारको सहयोगमा ‘जिटुजी सम्झौता’अन्तर्गत तीन वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको आचार्यले जानकारी दिए।

चितवनको लोथरमा २३ बिघाभन्दा बढी क्षेत्रफलमा १ लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न मिल्ने टनेल पनि निर्माण गरिने योजना छ। यसैबीच, अमलेखगञ्जस्थित आयल निगमको पेट्रोलियम लोडिङ गर्ने ‘बोई’ मा देखिएको समस्या समाधान गर्न भारतीय प्राविधिक टोलीले मर्मत कार्य गर्ने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once