Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
24.1 C
Kathmandu

पर्सा प्रहरी कार्यालयमा पदोन्नत प्रहरीलाई दर्ज्यानी चिन्हसहित सम्मान

spot_img

वीरगंज,१३ साउन । जिल्ला प्रहरी कार्यालय पर्सामा मंगलबार दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएको छ । प्रहरी उपरीक्षक गौतम मिश्रको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा विभिन्न तहमा पदोन्नति भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह लगाइ सम्मान गरिएको हो ।

कार्यक्रममा सञ्चारतर्फका प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार, प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार, तथा प्रहरी वरिष्ठ हवल्दारबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका प्रहरी कर्मचारीहरूलाई प्रहरी उपरिक्षक मिश्रले औपचारिक रूपमा दर्ज्यानी चिन्ह प्रदान गर्दै शुभकामना व्यक्त गरे ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशाेर लम्साल सहित कार्यालयमा कार्यरत सिनियर तथा जुनियर अधिकृतहरू, अन्य दर्जाका प्रहरी कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि प्रहरी उपरिक्षक मिश्रले पदोन्नत भएका सबै प्रहरी कर्मचारीहरूलाई इमान्दारिताका साथ जनसेवामा समर्पित भई काम गर्न प्रेरणा दिँदै भविष्यमा अझ राम्रो कार्य सम्पादनको अपेक्षा व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once