Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
24.1 C
Kathmandu

पटेर्वा सुगौली–५ मा विवाहपूर्व वडाको अनुमति अनिवार्य, बालविवाह रोकथाममा कडा निर्णय

spot_img

पर्सा,१३ साउन । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ मा अबदेखि विवाह गर्नुअघि वडा कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्ने भएको छ । मंगलबार वडाध्यक्ष विपिन मुखियाको अध्यक्षतामा सम्पन्न वडा कार्यपालिकाको बैठकले बालविवाह नियन्त्रणका लागि यस्तो कडा निर्णय गरेको हो ।

वडाध्यक्ष मुखियाका अनुसार, अब वडा नम्बर ५ मा विवाह गर्न चाहने जो–कोहीले पहिले वडा कार्यालयमा निवेदन दिई स्वीकृति लिनुपर्नेछ । साथै, विवाह गर्ने केटा र केटी दुवैले २० वर्ष उमेर पूरा गरेको प्रमाणित गर्नु पर्नेछ ।

बैठकले वडाबाट अनुमति नलिई गरिने विवाह तथा उमेर नपुगी गरिने विवाहलाई गैरकानुनी मानिने र दोषीमाथि आवश्यक कानुनी कारबाही गरिने निर्णयसमेत गरेको छ ।

बालविवाह अन्त्यको लक्ष्यसहित बैठकले वडाभरिका घरघरमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकमा वडाध्यक्ष विपिन मुखियासँगै वडा सदस्यहरू मदन मिश्र, पारस साह कानु, रजमतिया देवी दुसाद र नूरबानो मियाइनले निर्णयपत्रमा हस्ताक्षर गरेका छन् ।

स्थानीयस्तरमै कडा कदम चालेर बालविवाह न्यूनीकरणको अभियानलाई सशक्त बनाउने वडा कार्यालयको यो निर्णय उदाहरणीय मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once