Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
24.1 C
Kathmandu

राष्ट्र बैंकको आक्रामक कदम : पुनः ५० अर्ब रुपैयाँ प्रणालीबाट संकलन

spot_img

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि थप ५० अर्ब रुपैयाँ खिच्ने भएको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी आज बजारबाट पैसा तान्न लागेको हो। यसका लागि अहिले केहीबेरमा बोलकबोल हुनेछ ।

लगातार तेस्रो पटक तरलता खिच्दै राष्ट्र बैंक

साउन महिना लागेयता राष्ट्र बैंकले लगातार तेस्रो पटक तरलता खिचेको हो। यसअघि साउन ४ गते ५० अर्ब रुपैयाँ र साउन ७ गते ८० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट निकालिएको थियो। यो कदमले राष्ट्र बैंक बजारमा देखिएको अतिरिक्त तरलता व्यवस्थापनमा आक्रामक रूपमा प्रस्तुत भएको देखाउँछ।

बोलकबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्थाको सहभागिता

निक्षेप संकलन उपकरणको बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो २८ दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी भदौ ८ गते गरिने राष्ट्र बैंकले जनाएको छ। बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने सुविधा राष्ट्र बैंकले दिएको छ । राष्ट्र बैंकको यो कदमले ब्याजदर, लगानी र समग्र आर्थिक गतिविधिमा कस्तो प्रभाव पार्ला भन्ने हेर्न बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once