Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
24.1 C
Kathmandu

गरुडा नगरपालिकाको पहल: कृषकलाई ५०% अनुदानमा आधुनिक उपकरण वितरण

spot_img

रौतहट,१० साउन । कृषिमा आधारित जनताको जीवनस्तर उकास्न र आधुनिक कृषि प्रणालीमार्फत उत्पादन वृद्धिको लक्ष्यसहित गरुडा नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा भैँसी तथा विद्युत् मोटर, पम्पसेटलगायतका विभिन्न कृषि उपकरणहरू वितरण गरेको छ।

मेयर कन्थमणि जैसवालको पहलमा आर्थिक वर्ष २०८१–०८२ को बजेट अन्तर्गत सञ्चालन गरिएको कृषि, पशु, डेरी यान्त्रीकरण तथा भैँसी वितरण कार्यक्रमको सञ्चालन गरिएको हो।

नगरपालिकाले नगर क्षेत्रभित्रका किसानहरूको आर्थिक अवस्था सुधार गर्ने लक्ष्यसहित, कृषि आधुनिकिकरणलाई प्राथमिकता दिँदै कार्यक्रम अघि बढाएको हो। एक कार्यक्रमको आयोजना गरी नगरका विभिन्न वडाबाट छनोट गरिएका किसानहरूलाई सामग्री वितरण गरिएको छ।

कार्यक्रम अन्तर्गत वडानं। १ देखि ९ सम्मका कृषकहरूलाई १४० वटा भैँसी, ५७ वटा विद्युत् मोटर,५४ वटा पम्पसेट, २० जना किसानलाई मिल्क्यान, मिल सेपरेटर ३ वटा लगायतका समान वितरण गरिएको मेयर जैसवालले बताए।

यस योजनाअन्तर्गत हालसम्म तीनवटा कुखुराको खोर र तीनवटा माछा पालन पोखरीको निर्माण कार्य सम्पन्न भइसकेको छ। यस्तै, कोल्ड स्टोर, एग्रोमार्ट र बजार सेडको निर्माण कार्य पनि तीव्र गतिमा अगाडि बढिरहेको नगरपालिकाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once