Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
24.1 C
Kathmandu

भक्तपुरमा दुःखद घटना: दुई दिदीबहिनी झुण्डिएको अवस्थामा मृत भेटिए

spot_img

काठमाडौँ,०८ साउन । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेमा एकै डोरीमा झुण्डिएको अवस्थामा दुई किशोरी दिदीबहिनी मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार मृतकहरू सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भई बोडे सिन्टिटारस्थित चक्रधर प्रजापतिको घरमा डेरा गरी बस्दै आएकी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया श्रृजना कँडेल हुन् ।

उनीहरू चक्रधरको दुई तले घरको भुइँ तलामा डेरा लिएर बस्दै आएका थिए । शुक्रबार बिहान करिब ६:४५ बजे घरको प्यासेजमा दुवै जना एकै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यो दुःखद घटनाको कारण खुल्न बाँकी रहेको र हाल अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once