Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
25.1 C
Kathmandu

नहरमा डुबेर कैलालीमा एक जनाको मृत्यु

spot_img

कैलाली,०३ साउन । कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका– २ का २२ वर्षीय प्रेम रसाइली रहेका इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।

रसाइली लम्कीचुहा– ६ गुलरास्थित ससुराली घरमा बस्दै आएका थिए ।

केही समययता जिल्लामा पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । शुक्रबार मात्रै गौरीगङ्गा नगरपालिकास्थित नदीमा डुबेर एकै परिवारका दाजुभाइको मृत्यु भएको थियो ।

सोही नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once