Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
25.1 C
Kathmandu

सिमराबाट तास खेल्दै गरेका ९ जुवाडे पक्राउ, १.५ लाख नगद बरामद

spot_img

कलैया,०३ साउन । बाराको सिमराबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमराको जानकीटोलस्थित केशव सुनुवारको घरमा शनिबार प्रहरीले छापा मारेर तास खेल्दै गरेको अवस्थामा ९ जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का ३० वर्षीय ससुसन खाती,वडा नम्बर २ का ४० वर्षीय बलराम विश्वकर्मा, ५६ वर्षीय सुमन कुमार भट्टराई, ४१ वर्षीय अभय कुमार श्रीवास्तव, घरधनी ४१ वर्षीय केशव सुनुवार,५२ वर्षीय थहल बहादुर विश्वकर्मा,५४ वर्षीय शिवजी प्रसाद साह , ५९ वर्षीय बलराम क्षेत्री र वडा नम्बर १ का ५१ वर्षीय राजकुमार भट्टराई रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराबाराबाट प्रहरी निरीक्षक सुभाष साहको नेतृत्वको प्रहरी टोलीले सुनुवारको घरमा छापा मार्ने क्रममा घरको तेश्रो तल्लाको कोठामा तास खेल्दै गरिरहेको अवस्थामा उनिहरुलाई नगद १ लाख ५४ हजार ६८० रुपैयाँसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनिहरुलाई प्रहरी थुनामा राखेर आवश्यक अनुसन्धान भईरहेको बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once