Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
22.1 C
Kathmandu

हुम्लामा ट्याक्टर दुर्घटना : एकजनाको घटनास्थलमै मृत्यु

spot_img

हुम्ला,०२ श्रवान । हुम्लामा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खार्पुनाथ गाउँपालिका-३ राया गाउँका अन्दाजी २० वर्षीय मिलन बोहरा रहेका छन् ।

यस्तै ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार १४ जना घाइते भएका छन् । सोही वडाको दोजामबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर नम्बर क ०२००१ त ०३५३ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।

दुर्घटनास्थलमा घाइते भएका उनीहरूलाई प्रहरी र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पतालमा पुर्‍याएको प्रहरी नायव उपरीक्षक (डीएसपी) शंकर पोखरेलले बताए ।

उनका अनुसार घायते हुनेहरूमा खार्पुनाथ गाउँपालिका-३ का हर्कसिंह रावल, लक्ष्मीकला रावल, खार्पुनाथ-२ का नवराज रावल,शुसिला रावल,पानकला छत्याल,बाली, ज्ञानेन्द्र छत्याल रावल, तौनबहादुर छत्यायल,नानी जेठारा रहेका छन् ।

यस्तै सिमकोट गाउँपालिका-२का कुम्मेर भण्डारी,सिमकोट गाउँपालिका-८ की सपना रावल,पालसा बुढा र ट्याक्टर चालक डोनबहादुर पुन मगर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबै जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेकाहरू चुवाखोला वनबाट पोड्या संकलन गरी घर फर्किँदै थिए । उनीहरु दोजाम गाउँबाट ट्याक्टर चढेर आएको प्रहरीको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once