Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

एसईई उत्तीर्ण २८ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति : प्याब्सनको पहल

spot_img

वीरगंज,०२ श्रवान । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) वीरगंजले यस वर्षको एसईई उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै “प्याब्सन छात्रवृत्ति कार्यक्रम–२०८१” को घोषणा गरेको छ । कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ मा अध्ययन गर्न २८ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिसहित विभिन्न पुरस्कार प्रदान गरिने प्याब्सन वीरगंजले जनाएकाे छ ।
शुक्रवार वीरगंजस्थित एपेक्स म्यानेजमेन्ट कलेजमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवले उक्त कार्यक्रम शैक्षिक उत्कृष्टता प्रवर्द्धन, आर्थिक रूपले कमजोर विद्यार्थीलाई उच्च माध्यमिक शिक्षामा अवसर दिने र छात्रवृत्ति वितरणलाई पारदर्शी बनाउने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको जानकारी दिए ।

छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले प्याब्सन वीरगंजद्वारा सन्चालित छात्रवृत्ति परीक्षामा सहभागी हुनुपर्नेछ । परीक्षामा प्याब्सन, अन्य निजी विद्यालय तथा सामुदायिक विद्यालयका विद्यार्थीहरू सहभागी हुन सक्ने छन् । एनजी ग्रेड भएका विद्यार्थीहरू समेत सहभागी हुन पाउनेछन्।

प्याब्सन सचिव अमित आलोकका अनुसार, उत्कृष्ट प्रदर्शन गर्ने २८ जना विद्यार्थीले प्याब्सन अन्तर्गतका १० वटा प्लस टु सञ्चालन गर्ने विद्यालयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् । प्रत्येक विद्यालयले कम्तीमा २ जना विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गरिएको छ ।

छात्रवृत्ति परीक्षाको फारम साउन ६ गतेसम्म अनलाइनमार्फत प्याब्सन वीरगंजका् आधिकारिक फेसबुक पेजमा गएर भर्न सकिनेछ । प्रवेश पत्र साउन ८ गते वितरण गरिनेछ भने परीक्षा साउन १० गते १० वटा विद्यालयमा हुनेछ।

परीक्षामा प्रथम हुनेले ल्यापटप र दुई वर्षको पूर्ण छात्रवृत्ति, दोस्रो हुनेले ट्याबसहित छात्रवृत्ति, तेस्रो हुनेले पोशाकसहित छात्रवृत्ति प्राप्त गर्ने छन् ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले आफ्नो रोजाइको विद्यालय चयन गर्न सक्नेछन्, यद्यपि कुनै विद्यालयमा तोकिएको दुई कोटा भरिएपछि अन्य विद्यार्थीले त्यो विद्यालय रोज्न नपाउने व्यवस्था गरिएको छ ।

छात्रवृत्तिका लागि सहभागी उत्कृष्ट २८ मा नपरे पनि उल्लेखनीय अङ्क ल्याउने विद्यार्थीले साइन्समा १५ हजार र म्यानेजमेन्टमा ५ हजार रुपैयाँसम्मको शुल्क छुट पाउने छन्, साथै छात्राहरूलाई थप २ हजार रुपैयाँ छुट दिइनेछ।

कार्यक्रमले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना विकास गर्दै आर्थिक रूपमा कमजोर वर्गलाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउने लक्ष्य लिएको प्याब्सन अध्यक्ष श्रीवास्तवले बताए । उनका अनुसार प्याब्सनअन्तर्गतका विद्यालयहरूले गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउँदै आएका छन् ।

पत्रकार सम्मेलनमा मधेश विश्वविद्यालयका उपकुलपती प्रा. डा. दिपक शाक्य, प्याब्सन पर्साका अध्यक्ष सराेज चाैधरी, वीरगंज कलेजका निर्देशक डा. दिपेन्द्र चाैधरी, लक्ष्मणा यादव, विजय साह, दिपक पटेल, सुजित गिरी, सुरज बाबु पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

अनलाइन छात्रवृत्रीकाे फारम भर्न यहाँ क्लिक गरेर भर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once