Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
18.1 C
Kathmandu

प्रहरी देखेपछि ट्रक छाडेर फरार चालक, १०५ बोरा गाँजा बरामद

spot_img

मोरङ,२९ असार । मोरङ प्रहरीले १०५ बोरा लागूऔषध गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।

आइतबार दिउँसो साढे १२ बजे कटहरी गाउँपालिका-३ कटहरीमा दक्षिणतर्फ जाँदै गरेको को १ ख ४५१८ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुँडालका अनुसार इटहरीमा चेकजाँच भइरहेको थियो।

त्यही बेला आएको ट्रक आएको थियो। प्रहरीलाई देख्नसाथ चालक ट्रक छोडेर भागेको डिएसपी कोपिला चुडालले जानकारी दिइन्। ‘चेकजाँच गर्दा ट्रकमा १०५ बोरा गाँजा फेला परेको थियो।

प्रहरीका अनुसार नापतौल गर्दा उक्त गाँजा ३ हजार १५० किलो रहेको पुष्टि भएको छ। फरार रहेका चालकको खोजी भइरहेको डिएसपी चुँडालले बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once