Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
19.1 C
Kathmandu

आपतकालीनबाहेक सबै सेवा बन्द, चिकित्सा क्षेत्रको स्वतन्त्रताको माग

spot_img

काठमाडौं,२४ असार । नेपालभरका अस्पतालहरूमा आज पनि आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द छन्। नेपाल चिकित्सक संघको नेतृत्वमा सरकारी, निजी अस्पताल र क्लिनिकका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले जारी आन्दोलन अन्तर्गत सेवा बहिष्कारलाई निरन्तरता दिएका हुन्।

संघले सोमबार आकस्मिक (Emergency) तथा सघन उपचार (ICU) सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने घोषणा गरेपछि त्यसको प्रभाव मंगलबार पनि देखिएको छ। बिरामीहरू नियमित उपचारका लागि अस्पताल पुग्दा सेवा नपाउँदा समस्यामा परेका छन्।

चिकित्सक संघले आन्दोलनको मूल कारण उपभोक्ता संरक्षण ऐन, २०७५ मा रहेको दफा २ मा स्वास्थ्य सेवा पनि ‘उपभोक्ता सेवा’ का रूपमा समेटिएको विषय रहेको बताएको छ। संघका महासचिव डा. सञ्जीव तिवारीका अनुसार चिकित्सा क्षेत्रलाई अन्य व्यापारिक सेवा सरह राखेर कानुनी दायरामा ल्याउने प्रयास चिकित्सकीय स्वायत्तता र व्यावसायिक इमान्दारीमाथि हस्तक्षेप हो।

“चिकित्सा अभ्यास नियमन गर्ने अधिकार नेपाल मेडिकल काउन्सिलमा निहित छ,” डा. तिवारीले भने, “उपभोक्ता अदालतले चिकित्सकहरूलाई क्षतिपूर्ति तिराउने फैसला गर्नु अन्यायपूर्ण हो। यस्तो फैसला व्यावसायिक नैतिकता र सेवा मनोवृत्तिमाथि प्रहार हो।”

संघको भनाइमा, पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारबाट समाधानका लागि कुनै ठोस र सार्थक पहल नदेखिएकोले आन्दोलन चर्काउन बाध्य भएका हुन्। अहिले चिकित्सकहरूले देशभरका अस्पतालमा काम रोकी विरोध प्रदर्शनमा उत्रिएका छन्।

संघले काठमाडौं उपत्यकाभित्रका स्वास्थ्यकर्मीहरूलाई माइतीघरमा जम्मा भई धर्ना दिन आह्वान गरेको छ भने उपत्यकाबाहिरका चिकित्सकहरूलाई सम्बन्धित जिल्लामा प्रदर्शन गर्न निर्देशन दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once