Date
सोम, बैशाख २८, २०८३
Mon, May 11, 2026
spot_img
19.1 C
Kathmandu

बाढीको असर: त्रिशूली करिडोरका जलविद्युत आयोजना बन्द

spot_img

काठमाडौं,२४ असार । त्रिशूली नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।

प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा बाँधको एउटा गेट बाढीले बगाएको छ ।

त्यस्तै सोही परियोजनाको पुलमा पनि क्षति पुगेको छ । पुल चर्केका कारण आवतजावत बन्द छ । आयोजनाको टेलरेसमा भौतिक क्षति नभए पनि गेग्रान थुप्रिएको छ । यसको पावरहाउसमा भने क्षति भएको नभएको उनले बताए ।

त्यस्तै ६० मेगावाट क्षमताको त्रिशुली ३ ए आयोजनामा भएको क्षतिको विवरण आएको छैन । तर भवनमा बाढी पसेको छ । त्रिशुली ३ बी सबस्टेसनलाई हिलोले छोपेको जानकारी उनले दिए । आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ ।

त्यस्तै चिलिमेको पावरहाउसमा पानी छरे पनि क्षति भने नपुगेको उनले बताए । त्रिशुली किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बाढीले बगाएको उनले जानकारी उनले दिए ।

यिनै आयोजनाको उत्पादन बन्द भएकाले त्रिशुली करिडोरमा रहेका प्राधिकरणका आयोजनाको कुल २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको शाक्यले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once