Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
20.1 C
Kathmandu

कञ्चनपुरमा जिप दुर्घटना : एक जनाको मृत्यु

spot_img

 कञ्चनपुर,१८ असार । वेदकोट नगरपालिका–३ दैजी बजारमा जीपले ठक्कर दिंदा ४१ वर्षीय दीपक चन्दको मृत्यु भएको छ ।

विपरीत दिशाबाट आएको जीपले मोटरसाइकलमा सवार चन्दलाई मङ्गलबार राति ठक्कर दिएको थियो । गम्भीर घाइते हुनुभएका उहाँको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार ठक्कर दिने जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भीमदत्त नगरपालिका–४ गोवरियाका स्थायी बासिन्दा चन्द दैजीमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once