Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
20.1 C
Kathmandu

झन्डै ६ अर्बको कारोबारसहित नेप्सेमा सामान्य गिरावट

spot_img

काठमाडौं,११ असार ।  सेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ३३ अंकले घटेर २ हजार ६०० दशमलव २० विन्दुमा झरेको छ। बजारमा सामान्य गिरावट आए पनि कारोबार रकम भने बढेर झन्डै ६ अर्ब रुपैयाँ पुगेको छ।

आज विकास बैंक, होटल, जलविद्युत्, बीमा र म्युचुअल फन्डबाहेकका सबै समूहको सेयर मूल्य घटेको छ। विशेषगरी व्यापार समूहको सेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ।

व्यक्तिगत कम्पनीतर्फ, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर साढे ९ प्रतिशतले घटेको छ भने मोदी इनर्जी कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।

आज ३ सय ११ वटा कम्पनीका १ करोड ३७ लाख कित्ता सेयर ५ अर्ब ९४ करोड रुपैयाँमा किनबेच भएका छन्। हिजो ५ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once