Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
22.1 C
Kathmandu

इरानमा अलपत्र परेका दुई नेपाली दिल्लीमा सुरक्षित अवतरण

spot_img

काठमाडौं,१० असार । युद्धग्रस्त इरानबाट दुई नेपालीको उद्धार भएको छ । भारतको सहयोगमा इरानको मसदबाट उद्धार गरिएका दुई नेपाल आज भारतको राजधानी नयाँदिल्ली पुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

उद्धार हुनेमा गणेश पोखरेल र सुमन गैरे छन् । उनीहरुलाई नेपाली दूतावास र भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । उनीहरू आजै बुटवलका लागि प्रस्थान गरेको दूतावासले जनाएको छ । इरानमा कुल १६ नेपाली रहेकोमा भारतकै सहयोगमा ११ जनाको उद्धारको प्रक्रिया अघि बढेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बाँकी पाँच जना भने इरानकै जेलमा रहेका छन् । इजरायल–इरानबीच युद्ध चर्किएसँगै इजरायलमा रहेका नेपालीहरुको उद्धारका प्रक्रिया पनि सरकारले सुरु गरेको छ । नेपाल फर्किन चाहने नेपालीको विवरण लिन सरकारले सुरु गरेकोमा सोमबारसम्म ८८५ जनाले नाम दर्ता गराएको परराष्ट्रमन्त्री आरजु राणाले संसद वैठकमा जानकारी गराएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once