Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img
30.1 C
Kathmandu

गर्मीमा विद्युत कटौतीले जनजीवन कष्टकर : जनमत पार्टीको प्राधिकरणलाई ध्यानाकर्षण

spot_img

वीरगंज,०६ असार । पर्सा जिल्लामा बढ्दो गर्मी, चर्को तापक्रमसँगै विद्युत आपूर्तिमा देखिएको अनियमितता, अत्यधिक पावर कट तथा भोल्टेज समस्याले जनजीवन थप कष्टकर बन्दै गएको जनाउँदै जनमत पार्टी, पर्सा जिल्ला समन्वय समितिले नेपाल विद्युत प्राधिकरण, वीरगंज वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको हस्ताक्षर रहेको पत्रमा हालको विद्युत आपूर्तिको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ । पत्रमा भनिएको छ, “गर्मीको तीव्रता बढिरहेको बेला विद्युतको अत्यधिक पावर कट, भोल्टेज समस्या र अनियमित आपूर्तिले जनजीवन अत्यन्तै कष्टकर बनेको छ।”

ध्यानाकर्षण पत्रमा जनमत पार्टीले विद्युत समस्या घरायसी मात्र नभई खेतीपाती तथा औद्योगिक क्षेत्रमा समेत गम्भीर असर पुर्‍याएको उल्लेख गरेको छ। “खेतीको समय भएकोले सिँचाइमा समेत असर पुगेको छ, उद्योगहरू ठप्प हुने स्थिति आइसकेको छ,” पत्रमा भनिएको छ ।

विद्युत आपूर्तिमा तत्काल सुधार नआए चरणबद्ध आन्दोलनको चेतावनी दिँदै पार्टीले यस समस्यालाई यथाशीघ्र समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ ।

उक्त ध्यानाकर्षण टोलीमा अध्यक्ष सरार्फसँगै केन्द्रीय नेतृ रम्भा मिश्र, नजमा खातुन, महानगर अध्यक्ष महादेव शर्मा, उपाध्यक्ष केदार पटेल, नगर सचिव लोकेश कर्ण, जिल्ला सदस्यहरू नागेन्द्र यादव, ध्रुप महतो, महानगर युवा संयोजक संजय सिंह, युवा नेताहरू धिरेन्द्र पन्जियार, सिकेन्द्र राम, मुना चौधरी, नितिम गिरि लगायतको सहभागिता थियो ।

ध्यानाकर्षण पत्रको प्रतिलिपि नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय, काठमाडौंमा पनि पठाइएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once