Date
आइत, बैशाख २७, २०८३
Sun, May 10, 2026
spot_img
22.1 C
Kathmandu

विपद् व्यवस्थापन बैठक सम्पन्न, जगरनाथपुरमा राहत सामग्री खरिदको निर्णय

spot_img

वीरगंज,०६ असार । पर्साको जगरनाथपुर गाउँपालिकामा आज (बिहीबार) विपद् व्यवस्थापन सम्बन्धी बैठक सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा बसेको बैठकले बाढीको समयमा राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन विभिन्न सामग्री खरिद गर्ने निर्णय गरेको छ।

बैठकमा अध्यक्ष यादवले विपद्को समयमा सबैको सहयोग र समन्वयबाट मात्र राहत तथा बचावको काम सफल बनाउन सकिनेमा जोड दिए। उनले विपद् व्यवस्थापनका लागि पूर्वतयारी अपरिहार्य रहेको भन्दै यसमा सबै सरोकारवाला निकाय र स्थानीय बासिन्दाको भूमिका महत्त्वपूर्ण हुने बताए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, सशस्त्र प्रहरी नायब उपरीक्षक बिष्णु राज उप्रेती लगायतको उपस्थिति रहेको थियो। बैठकले मनसुनको समयमा आउन सक्ने बाढी तथा अन्य प्राकृतिक विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न र प्रभावितहरूलाई तत्काल सहयोग पुर्याउन आवश्यक तयारी गर्ने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once