नेपालमा ११ महिनामा १ खर्बको सवारीसाधन आयात, इभीको हिस्सा वृद्धि

spot_img

काठमाडौं,०६ असार । चालु आर्थिक वर्षको ११ महिना अर्थात साउनदेखि जेठसम्ममा नेपालमा १ खर्ब १ अर्ब रुपैयाँ बराबरका सवारीसाधन र तिनका पार्टपुर्जा आयात भएका छन्। यो आयातबाट सरकारले ७४ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ।

विद्युतीय गाडी आयातमा वृद्धि

जेठ महिनामा मात्रै ३ हजार ६ सय ३८ सवारीसाधन भित्रिएका छन्, जसले आयात रकममा १९ अर्ब रुपैयाँभन्दा बढीको वृद्धि गराएको छ। व्यवसायीहरूले जेठ १५ गते बजेटमार्फत विद्युतीय गाडीको कर बढ्ने आकलनमा आयात ह्वात्तै बढाएको भए पनि सरकारले बजेटमा विद्युतीय गाडीको कर स्थिर राखेको छ। भन्सार विभागको तथ्यांकअनुसार ११ महिनामा कुल १३ हजार ४९२ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्। यसमध्येस्

विद्युतीय गाडीको मूल्य इन्टरनल कम्बस्चन इन्जिन ९आईसीई० गाडीको तुलनामा अन्तर्राष्ट्रिय बजारमा बढी भएकाले आयात रकममा उल्लेख्य वृद्धि देखिएको हो। सोही अवधिमा ८ हजार ८७ वटा पेट्रोल इन्जिनका गाडी नेपाल भित्रिएका छन्। यस्तै, १ लाख ७५ हजार वटा दुईपाङ्ग्रे पेट्रोलियम सवारीसाधन पनि आयात भएका छन्।

यो तथ्यांकले नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको संकेत गर्छ, जसले पेट्रोलियम पदार्थको आयातमा कमी ल्याउन र वातावरणीय प्रभाव न्यूनीकरणमा सहयोग पुर्याउन सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once